Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सर्वसाधारणको निःशुल्क कोरोना परीक्षण नगर्नुकाे कारण पेश गर्न सर्वोच्चकाे आदेश

    सर्वसाधारणको निःशुल्क कोरोना परीक्षण नगर्नुकाे कारण पेश गर्न सर्वोच्चकाे आदेश

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले आरटी–पीसीआर परीक्षण निशुल्क गर्न नसक्नुको लिखित कारण सरकारसँग माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गर्न नसक्नुको लिखित जवाफ माग गरेकाे हाे ।

    राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जस्तै सर्वसाधारणले पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण निःशुल्क पाउनुपर्ने माग गर्दै दायर भएको रिटमा सुनुवाई गर्दै अदालतले १५ दिनभित्र जवाफ मागेको हो ।



    ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार कारण सहित यो आदेश जारी भएको १५ दिनभित्र लिखित जवाफ’ पेश गर्नु आदेशमा भनिएको छ ।



    अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्रबहादुर ओलीद्वारा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले निःशुल्क परीक्षण गर्ने र निमुखा जनतासँग शुल्क असुल्ने निर्देशन दिने सरकारको नीति संविधान विपरीत रहेको भनी दर्ता गरिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

    यस विषयमा छलफलका लागि रिट निवेदक र विपक्षी सरकार दुबै पक्षलाई ८ असोजमा अदालतमा बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार