Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्मचारीमा कोरोना, गाउँपालिकाको सेवा बन्द

    कर्मचारीमा कोरोना, गाउँपालिकाको सेवा बन्द

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 1.9K
    SHARES

    फाइल तस्विर

    डोटी । जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

    गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।



    गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई समस्या भएको छ ।



    नागरिकता प्रमाणपत्रका लागि दिइने सिफारिस, जन्मदर्तादेखि अन्य सेवा लिने सेवाग्राहीलाई निकै समस्या भएको स्थानीयवासी पदमबहादुर कार्कीले बताए ।

    उनले भने, “कर्मचारीमा कोरोना सङ्क्रमण भएको भन्दै गाउँपालिकाले सम्पूर्ण सेवा बन्द गरेको छ, सेवाग्राहीलाई समस्या भएको छ ।”

    गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै आज सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन हुने र त्यसको रिपोर्ट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार