Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विप्लवका कम्पनी कमिश्नर ठुलो मात्रामा विस्फोटक पदार्थसहित पक्राउ

    विप्लवका कम्पनी कमिश्नर ठुलो मात्रामा विस्फोटक पदार्थसहित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 3.2K
    SHARES

    मोरङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कम्पनी कमिश्नर हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेका छन्।

    पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिश्नरसहित दुई जनालाई मोरङ प्रहरीले मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार पक्राउ गरेको हो।



    सप्तरी सुरुङ्गा नगरपालिका-२ का ३२ वर्षीय काशीनाथ घिमिरे प्रतिक र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    उनीहरूले हातहतियार देखाएर चन्दा असुली गरिरहेको गुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट प्रहरीले हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ।

    काशीनाथ घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची कोशी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिश्नर र विज्ञान राई सदस्य रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार