Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइपिएल: बेंगलोरलाई हराउँदै मुम्बई प्लेअफमा

    आइपिएल: बेंगलोरलाई हराउँदै मुम्बई प्लेअफमा

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.7K
    SHARES

    एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो ।

    जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादव ४३ बलमा १० चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । काइरन पोलार्ड ४ रनमा अविजित रहे ।



    मुम्बईले पहिलो विकेट छैटौं ओभरको तेस्रो बलमा क्विन्टन डी ककलाई १८ रनमा गुमाएको थियो । डी कक मोहम्मद शिराजको बलमा गुरक्रित सिंहमानबाट क्याच आउट हुन पुगेका थिए । आठौं ओभरको पाँचौ बलमा ईशान किशनलाई युजभेन्द्र चहलले २५ रनमा क्रिस मोरिसबाट क्याच आउट गराए । किशनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।



    सौरभ तिवारी ५ रनमा क्याच आउट भए । चहलले १४ औं ओभरको पाँचौ बलमा कु्रनाल पान्ड्यालाई १० रनमा क्रिस मोरिसबाट क्याच आउट गराए । क्रिस मोरिसको १९ औं ओभरको पाँचौ बलमा हार्दिक पान्ड्या मोहम्मद शिराजबाट १७ रनमा क्याच आउट भए । हार्दिकले १५ बलमा २ छक्का प्रहार गरे ।

    युजभेन्द्र चहलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ३.१ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसको नाममा एक विकेट रह्यो ।

    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । पाडिक्कलले ४५ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । सुरुवात राम्रो गरेपनि अन्त्य कमजोर गर्दा बेंगलोर विशाल योगफल बनाउन चुकेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा ३५ रन जोड्न ४ विकेट गुमाउन पुगेको थियो ।

    बेंगलोरलाई दुई युवा ओपनर ओपनर देवदत्त पाडिक्कल र जोश फिलिपेले ७।५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर राहुल चहरले क्विन्टन डी ककबाट फिलिपेलाई स्टम्पिङ आउट गराउँदै तोडेका थिए । फिलिपेले २४ बलमा ४ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । फिलिपेको खुट्टा जमिनको सतह भन्दा केहिमाथी भएको अवस्थामा स्टम्पिङ हुन पुगेका थिए ।

    जस्प्रित बुमराहले कप्तान विराट कोहलीलाई १२ औं ओभरको दोस्रो बलमा सौरभ तिवारीबाट ९ रनमा क्याच आउट गराए । कप्तान काइरन पोलार्डको १६ औं ओभरको दोस्रो बलमा एबी डि भिलियर्स चहरबाट १५ रनमा क्याच आउट हुन पुगे । डी भिलियर्सले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

    १७ औं ओभरमा बुमराहले दुई विकेट सहित मेडन राख्दै खेलमा फर्काएका थिए । तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शिवम् दुबे दुई रनमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगे । पाँचौ बलमा पाडिक्कल बोल्टबाट समातिन पुगे । ट्रेन्ट बोल्टको १८ औैं ओभरको दोस्रो बलमा क्रिस मोरिस ४ रनमा जेम्स प्याटिनसनबाट क्याच आउट हुन पुगेका थिए । गुरक्रित मानसिंह ११ बलमा २ चौका सहित १४ रनमा अविजित रहे ।

    वासिन्टन सुन्दर ६ बलमा १ चौका सहित १० रनमा अविजित रहे । जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । राहुल चहर, ट्रेन्ट बोल्ट र कप्तान काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो । बेंगलोरले अव शनिवार सनराइजर्स हैदराबादसँग खेल्ने छ । मुम्बईले शनिबारनै दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार