Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दशैको टिकाको दिन भारतमा लामाबाट कुटिए ५९ जना नेपाली विद्यार्थी

    दशैको टिकाको दिन भारतमा लामाबाट कुटिए ५९ जना नेपाली विद्यार्थी

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ।

    विद्यार्थीका अभिभावकहरूले देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५९ जना विद्यार्थी १० कात्तिकमा कुटिएको जानकारी गराएका हुन् ।



    कुटिएकामध्ये ४२ जनालाई चोट लागेको अभिभावकहरुले बताएका छन् । बालबालिकामाथि त्यहाँका लामाले कुटपिट गरेको बताइएको छ ।



    कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी छन् । अभिभावकहरूका अनुसार दसैंका बेला घर आउन खोज्दा विद्यार्थीहरू कुटिएका हुन् ।

    राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले विद्यार्थीलाई तत्काल उद्धार गर्न आग्रह गरेकी छन् ।

    अन्सारीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेकी छन्–‘भारतको देहरादून स्थित आश्रममा नेपाली बालबालिका करीब ५९जनामाथि त्यहांका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएका छन्, हाल बाग्लुंग, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपालचोक र रामेछाप लगायतबाट अभिभावकको उध्दारका लागि निरन्तर फोन आइरहेको छ।’

    अन्सारीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ट्वीटरमा मेन्सन गर्दै ट्वीट गरेपछि मन्त्री ज्ञवालीले यो विषयमा खोजी भइरहेको जनाएका छन्।

    नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पनि यो विषयमा खोजी भइरहेको बताएका छन्। उनले यो विषयमा दूतावासले सहयोग गर्ने भन्दै हेल्प नम्बर र इमेल आईडीसमेत दिएका छन्।

    नेपाली राजदुत आचार्यले घट्नाबारे थप सूचना भए +918929601925 मा फोन गर्न र [email protected] मा इमेल गर्न भनेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार