Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो दिन ४१.२० अंकले बढ्यो नेप्से, सबैभन्दा बढि कारोबार ग्लोबल आईएमई बैंकको

काठमाडौं । दसैँ बिदापछि पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७.४६ विन्दुमा पुगेर बन्द भयो ।

कारोबार अवधिभर एक सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको थियो ।

वाणिज्य बैंकको शेयर खरिद गर्न लगानीकर्ता उत्साहित हुँदा बुधबार नेप्से परिसुचक बढेको हो ।

बुधबार बैंकिङ क्षेत्रको सूचक ५५.१५, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा ४७.७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युचअल फण्ड ०.१३ तथा अन्य १४.५७ अंकले बढेको छ । व्यापार समूहको सूचक भने ८.८३ अंकले घटेको छ ।

बुधबार ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077