Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुकेश हत्या प्रकरण: नेताको नाम हटाएर ल्याए जाहेरी दर्ता गर्ने प्रहरीकाे भनाइ

    मुकेश हत्या प्रकरण: नेताको नाम हटाएर ल्याए जाहेरी दर्ता गर्ने प्रहरीकाे भनाइ

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 2.9K
    SHARES

    वीरगन्ज । गत बिहीबार आफ्नै पार्टीको दुई गुटबीच भएको झडपमा मारिएका नेकपाका गाउँकमिटी सचिव मुकेश चौरसीयाको शव ६ दिनदेखि नारायणी अस्पतालमा छ। पति गुमाएको शोकमा डुबेकी सुनिता चौरसीया आफूलाई भेट्न आउनेका सामु डाँको छाडेर रुदै भन्छिन्,’मलाई अरु केही चाहिँदैन न्याय दिलाइदिनुस्।’

    मृत्यु भएकै दिन शुक्रबार मृतक मुकेशका भाइ महेश चौरसीया, घटनामा संलग्न ११ जनाविरुद्ध कार्वाहीको माग गर्दै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे। तर, प्रहरीले जाहेरी लिन मानेन।



    महेशका अनुसार, घटनामा संलग्न नै नरहेको भन्दै प्रहरीले संविधानसभाका पूर्वसदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताको नाम हटाएर अर्को जाहेरी लिएर आए मात्रै दर्ता गर्ने भन्दै फर्काएको हो।



    पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने घटनामा संलग्न नै नदेखिएका व्याक्तिको नाम हटाएर जाहेरी दिन पीडित पक्षलाई आग्रह गरिएको बताएकी छन्।

    ‘शंका लागेकै आधारमा जाहेरीमा नाम नराख्नु भनेर भनेका हौँ। अहिलेसम्म प्राप्त घटनाको सिनमा जो देखिएको छैन उसकै नाम राखेर जाहेरी लिएर मृतकका परिवारजन आउनु भएको थियो’, उनले भनिन्, ‘त्यसैले त्यो नाम हटाएर अर्को जाहेरी लिएर आउनु भनेका हौं।’

    घटना भएकै दिन साँझ प्रहरीले संविधानसभा सदस्य एंव नेकपाका नेता राजकुमार गुप्तासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। तर, साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय पुरयाइएका गुप्ता सहितका ५ जनालाई राति ९ बजे छोडिएको थियो।

    प्रहरीको हिरासतमा हनिफ मियाँ , देवा सहनी र शोकदीन गद्धीसहित तीनजना छन्। बिहीबारको घटनामा घाइते भएका नेता गुप्ता पक्षका उत्तम तिवारी र चिन्टु तिवारी भने फरार छन्।
    झडपमा घाइते भएका दुवै जना उपचारका लागि नेशनल मेकिडल कलेजमा पुगेका थिए। तर मुकेशको अवस्था गम्भीर रहेको खबर पाएपछि मेडिकल कलेजमा उपचाररत ती दुवै जना फरार भएका थिए। उनीहरु अझै पक्राउ परेका छैनन्।

    प्रहरीले जाहेरी नै नलिएपछि नेकताका नेता कार्यकर्ताले प्रहरीको विरोध गर्दै दैनिक प्रदर्शन गर्दै आएका छन्। मृतक मुकेश तत्कालीन नेकपा माओवादीका नेता हाल नेकपाका नेता एंव पूर्वमन्त्री मातृका यादव निकट हुन्। मुकेशको हत्याको मुख्य योजनाकार भनेर मृतकका परिवारजनले आरोप लगाएका संविधानसभाका पूर्वसदस्य गुप्ता भने तत्कालीन एमाले र हालका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली निकट नेता हुन्।

    वीरगन्जमा विगत ६ दिनदेखि भइरहेको प्रदर्शनमा सहभागी नेकपाका नेता कार्यकर्तामध्ये अधिकांश तत्कालीन माओवादीका नेता कार्यकर्ता छन्। प्रदर्शनमा केही भने तत्कालीन एमालेका नेता कार्यकर्ता पनि छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार