Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइपिएल : स्टोक्सको शतकमा राजस्थानको सानदार जित

    आइपिएल : स्टोक्सको शतकमा राजस्थानको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, १० कार्तिक २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।

    राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले । स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे । यो स्टोक्सको आइपिएलमा दोस्रो शतक हो ।



    स्टोक्सले १९ औं ओभरको पहिलो बलमा जेम्श प्याटिनसनलाई मिड विकेटमा छक्का प्रहार गर्दै ५९ बलमा शतक प्रहार गरेका थिए । लगत्तै अर्को बलमा चौका प्रहार गर्दै जित पक्का गराए । स्टोक्सलाई राम्रो साथ दिएका युवा ब्याट्सम्यान सन्जु स्यामसन ३१ बलमा ४ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि स्यामसन र स्टोक्सले १ सय ५२ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि मुम्बई निरिह सावित बन्न पुगेको थियो ।



    दोस्रो ओभरको पाँचौ बलमा ओपनर रोबिन उथप्पालाई जेम्स प्याटिनसनले कप्तान काइरन पोलार्डबाट १३ रनमा क्याच आउट गराएका थिए । पाँचौ ओभरको चौथो बलमा प्याटिनसनले स्टिभ स्मिथलाई ११ रनमा बोल्ड आउट गरेका थिए । मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए ।

    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा २ चौका र ७ छक्का सहित ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् । हार्दिकले अन्तिम ओभरमा कार्तिक त्यागीलाई तीन छक्का र दुई चौका गरि कुल २७ रन जोडेका थिए ।

    तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको पाँचौ बलमा क्विन्टन डी ककलाई ६ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र ईशान किशनले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ११ औं ओभरको चौथो बलमा कार्तिक त्यागीले जोफ्रा आर्चरबाट ईशान किशनलाई ३७ रनमा क्याच आउट गराए । किशनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

    श्रेयस गोपालले १३ औं ओभरको दोस्रो बलमा बेन स्टोक्सबाट सूर्यकुमार यादवलाई ४० रनमा क्याच आउट गराए । यादवले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कप्तान काइरन पोलार्ड ६ रनमा बोल्ड आउट भए ।

    आर्चरको १९ औं ओभरको पहिलो बलमा सौरभ तिवारी ३४ रनमा स्टोक्सबाट क्याच आउट भए । तिवारीले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि तिवारी र पान्ड्याले ६४ रनको साझेदारी गरेका थिए । जोफ्रा आर्चरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले एक विकेट लिए । यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार