Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गर्लफेन्डको विषयमा विवाद हुँदा भक्तपुरमा भारतीय नागरिकको हत्या, दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले  भारतीय नागरिकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका-१ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सँगै काम गर्ने भारतीय नागरिक सलमान खान र १९ वर्षका सानु अन्सारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरी  गर्लफेन्डको विषयमा विवाद भएको थियो ।

त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको अनुसन्धानका क्रमा खुलेको छ ।

घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा  र तालिमप्राप्त २ वटा कुकुर पनि प्रयोग गरिएको गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077