Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रोमान्टिक गीत ‘माया केवल माया’मा ममताको डेब्यू

    रोमान्टिक गीत ‘माया केवल माया’मा ममताको डेब्यू

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। मोडलिङ बजारमा भिज्दै गरेकी ममता चापागाईँले  रोमान्टिक ‘माया केवल माया’ नामक गीतमा डेब्यु गरेकी छिन् । ममतालाई थुप्रै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेका नायक एवं मोडल श्रीदेव भट्टराईले साथ दिएका छन् ।

    भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् । राम्रो टिमका साथै गीत र चलचित्रमा समेत काम गर्ने लक्ष्यका साथ मोडलिङ बजारमा डेब्यू गरेकी ममताको यी गीतको अभिनय हेर्दा पहिलो म्युजिक भिडियो जस्तो नलागेको उनीसँगै अभिनय गरेका भट्टराई वताउँछन् ।





    पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको यो गीतमा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन् ।

    आफ्नो जन्मदिनको अवसर पारेर पुष्पाले कार्तिक ८ गते शनिवार साँझ आफ्नै युट्युब च्यानल DeePushpa Creations मार्फत मेल भर्सन सार्वजनिक गरेकी हुन् ।

    गीतमा गोविन्द मधुर आचार्यको एरेन्ज छ । गीतलाई सन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । भिडियोका लागि श्रृंगार र केश विन्यास सपना लम्सालको छ भने अजय रेग्मीले खिचेका छन् । सन्तोष दवाडीले सम्पादन गरेको भिडियोको सहनिर्देशनमा युवराज दाहाल छन् भने निर्देशन हेम प्रभासले गरेका छन् ।

    भिडियो हेर्नुहोस्

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार