काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत बनेर नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ समेत गरेका छन् ।
ओलीनिटक मानिने नेता पोखरेलले सामाजिक संजालमा उनले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा ‘रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियती ? वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारत विचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौँ ।’
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलले बुधबार राति बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।
शनिबार २३ नागरिक अगुवाले संयुक्त अपिलपत्र सार्वजनिक गर्दै ‘रअ’ प्रमुख गोयलले कूटनीतिक पदाधिकारीसँग भेट नगर्नु र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो ? भन्ने प्रश्न सोधेका छन् ।
गोयलले ओलीलाई भेटेको बिषयलाई लिएर सत्तारुढ दल नेकपाकै नेताहरुले बिरोध जनाएका छन्। ओलीले परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत ‘रअ’ प्रमुखसँग भेटेको भन्दै सामाजिक सन्जालमा पनि बिरोध भइरहेको छ। ।
Leave a Reply