Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतीय जासुसले मोदीको दुत बनेर ओलीलाई भेटेको दाबी

    भारतीय जासुसले मोदीको दुत बनेर ओलीलाई भेटेको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 4.4K
    SHARES

    काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत बनेर  नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ समेत गरेका छन् ।



    ओलीनिटक मानिने नेता पोखरेलले सामाजिक संजालमा उनले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा ‘रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियती ? वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारत विचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौँ ।’



    भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलले बुधबार राति  बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

    शनिबार २३ नागरिक अगुवाले संयुक्त अपिलपत्र सार्वजनिक गर्दै ‘रअ’ प्रमुख गोयलले कूटनीतिक पदाधिकारीसँग भेट नगर्नु र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो ? भन्ने प्रश्न सोधेका छन् ।

    गोयलले ओलीलाई भेटेको बिषयलाई लिएर सत्तारुढ दल नेकपाकै नेताहरुले बिरोध जनाएका छन्। ओलीले परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत  ‘रअ’ प्रमुखसँग भेटेको भन्दै सामाजिक सन्जालमा पनि बिरोध भइरहेको छ। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार