Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेक्स र्‍याकेटको भन्डाफोर: पाँच तारे होटलबाट टेलिभिजनकी दुई अभिनेत्री पक्राउ

    सेक्स र्‍याकेटको भन्डाफोर: पाँच तारे होटलबाट टेलिभिजनकी दुई अभिनेत्री पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 8.3K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । मुम्बईको एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको भन्डाफोर भएको छ ।

    भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई प्रहरीले छापामारेर तीन महिलालाई नियन्त्रणमा लिएको छ ।



    यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ ।



    न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ ।

    कथित रुपमा शुक्रबार साँझ क्राइम ब्रान्चको एक टोली नक्कली ग्राहक बनेर गोरेगाव स्थित पाँच तारे होटलमा पुगेका थिए ।

    उनीहरु सेक्स र्‍याकेटका सदस्यहरुसँग भेटेका थिए । देहव्यापारको प्रमाण पाएपछि प्रहरीले त्यहाँ छापा मारेको थियो ।

    भारतीय सञ्चार माध्यमका अनुसार ती ब्याले डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार