Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्लिन फिड लागू हुँदा २५ प्रतिशत मूल्य बढ्दै

    क्लिन फिड लागू हुँदा २५ प्रतिशत मूल्य बढ्दै

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । सरकारले शुक्रवार मध्यराति १२ बजेबाट क्लिन फिड प्रसारण गर्नुपर्ने नियम लागू गरेसँगै कतिपय च्यानलहरुको प्रसारण रोकिएको छ।

    विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) लागू भएसँगै स्थानीय भाषामा विज्ञापन नबनेसम्म नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुको प्रशारण रोकिएको हो ।



    यसका लागि सरकारले केबल तथा सेटेलाइट अपरेटरहरुलाई निर्देशनसमेत दिइसकेको छ। अक्टोबर २४ (कात्तिक ८) बाट अनिवार्य क्लिन फिड लागू गर्न सरकारले निर्देशन दिएको केबल तथा सेटेलाइट अपरेटरहरुले बताएका छन्।



    सरकारले क्लिनफिड कडाइका साथ लागू गर्दै पालना नगर्नेलाई कारबाहीको संकेत दिएपछि केबल तथा सेटेलाइट टेलिभिजन अपरेटरहरुले क्लिन फिड लागू भएबाहेकका अन्य च्यानलहरुको प्रसारण बन्द गर्ने बताएका छन्।

    नेपालमा प्रसारण हुने धेरैजसो विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ। तर नेपालमा प्रसारण हुने सीमित विदेशी च्यानलहरु मात्र क्लिन फिडमा उपलब्ध छन्।

    क्लिन फिड लागु भएसँगै हामीले टेलिभिजनमा हेर्दै आएका लोकप्रिय च्यानलहरु पनि विज्ञापनरहित भएर नेपाली अपरेटरहरुले प्राप्त नगरेसम्म नेपालमा अब प्रसारण हुने छैन।

    हालसम्म भारतीय टेलिभिजन नेटवर्क ‘जी’ र ‘सोनी’को प्याकेजअन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएको भएपनि स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्सलगायतका नेपालमा चर्चित च्यानलहरु विज्ञापनरहित भएर आइसकेका छैनन । त्यसैगरी बालबालिकाकाको लोकप्रिय कार्टुन च्यानलहरु पनि रोकिएको छ। कार्टुन नेटवर्क, डिज्नेजस्ता च्यानलहरु आजबाट रोकिएका हुन्।

    अहिलेसम्म सोनीको प्याकेजका १९ र जीको प्याकेजमा १२ वटा च्यानल मात्रै उपभोक्ताहरुको टेलिभिजनमा विज्ञापनरहित जान तयार भएको बताइएको छ ।

    भारतीय टेलिभिजन प्रसारण संस्थाहरुबाट विज्ञापनरहित च्यानलहरु खरिद गर्दा तिनै च्यानलको शुल्क अहिलेको भन्दा महँगो हुने भएको छ ।

    तिहारलगत्तै केबलसहित डाइरेक्ट टु होम (डीटुएच÷डीटीएच) प्रविधिबाट टिभी हेर्न नेपालमा मँहगो पर्ने केवल नेटवर्कहरुले जनाएका छन् । नेटवर्क व्यवसायीहरुका अनुसार टेलिभिजन च्यानलको मूल्य न्यूनतम २५ प्रतिशतसम्म बढ्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार