Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले 'रअ' का प्रमुखसँग भेटेर राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएकाे मोहन वैद्यकाे आराेप

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

महासचिव वैद्यले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेकाे घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गरेका छन् ।

‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077