Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न कांग्रेस सभापति देउवाको माग

    काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न कांग्रेस सभापति देउवाको माग

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् ।

    बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन् ।



    सभापति देउवाले कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव समेत दिएका छन् ।



    सभापति देउवाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार