Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप २१ जनाकाे काेराेना संक्रमणबाट मृत्यु, नेपालमा मृतककाे संख्या ८१२ पुग्याे

    थप २१ जनाकाे काेराेना संक्रमणबाट मृत्यु, नेपालमा मृतककाे संख्या ८१२ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८१२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे ।

    बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाकाे मृत्यु भएकाे जानकारी दिए ।



    प्रवक्ता डा. गौतमका अनुसार बिहीबार नेपालमा सक्रिय संक्रमितकाे संख्या ४४ हजार ८७७ रहेकाे छ ।



    यस्तै नेपालमा आज थप ३ हजार ६३७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार २१५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार