Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ढकाल समुहका उम्मेदवार संघाईमाथि विदेशी मुद्रा अपचलनमा अनुसन्धान, चुनाब अघि नै जालमा पर्दै !

    ढकाल समुहका उम्मेदवार संघाईमाथि विदेशी मुद्रा अपचलनमा अनुसन्धान, चुनाब अघि नै जालमा पर्दै !

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  वरिष्ठ उपाध्यक्ष पदका लागि बुधबार महासंघको केन्द्रीय कार्यालय टेकु पुगेर उम्मेदवारी दर्ता गराए।

    ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।



    ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन्।



    महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ। ढकाल समुहका अधिकांस उम्मेदवारहरु स्वच्छ र प्रतिष्ठित भएपनि एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका रामचन्द्र संघाई भने यतिबेला लुकिछिपी हिँडिरहेका छन्।

    रामचन्द्र संघाई जस्ता बदनाम पात्रकै कारण व्यापारी ढकाललाई ठुलो धक्का लाग्ने अवस्था देखिएको छ।

    स्रोतका अनुसार ठगी र विदेशी मुद्रा अपचलनमा संघाईमाथि प्रहरीको एउटा ठुलै युनिटले अनुसन्धान गरिरहेको छ।  राजश्व अनुसन्धान बिभागले पनि संघाईमाथि छानविन गरिरहेको स्रोत वताउँछ।

    राज्यका दुई वटा निकायले चुनावअघि नै संघाईमाथि पक्राउ गरेर मुद्दा चलाउने अन्तिम तयारी गरेको स्रोतको दाबी छ। तर, यो चुनाबी संयोग मात्र रहेको वताइएको छ।

    रामचन्द संघाईले ८ बर्षदेखी सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको भन्दै बिभिन्न निकायहरुमा उजुरी परेपछि छानविन भइरहेको छ ।

    उजुरी गर्ने अरु कोही नभएर उनकै पार्टनर रमेश अग्रवाल हुन। जसका कारण पनि प्रहरी र राजश्वलाई छानविनमा सहयोग पुगेको छ।
    संघाईले सिद्धार्थ ग्यास उद्योगको बुलेट ढुवानीमा बढि भाडा तिरेर वर्षौंदेखि करोडौं राजश्व चुहावट गर्दै आइरहेका छन् ।

    त्रिवेणी समूह अन्तर्गतको संघाई ग्रुपले चलाएको उक्त ग्यास उद्योगले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दीमा भन्ने ठाउँबाट भारतीय बुलेट ट्याङ्करका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ ।

    यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०१२ / १०/०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पु-याउने सम्झौता भएको देखिन्छ ।

    संघाईले उक्त सम्झौता विपरित भारु दुई हजार अठ सयको ठाउँमा भारु तीन हजार छ सय प्रति टन दर ड्राफ्ट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु पाँच हजार सात सय १५ को सट्टामा छ हजार छ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढि भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेको प्रमाण समेत भेटिएको राजश्वको अनुसन्धानका क्रममा पुस्टि भएको स्रोतको दाबी छ।

    सोही विषयमा छानविन गरी कारबाही गर्न रमेश अग्रवाल स्वयमले माग गरेका थिए । यसरी संघाईले विदेशी मुद्रा अपचलन  र राजश्व छली गर्दै आएका छन् ।अग्रवालले आफुलाई शेयर नदिएर ठगी गरेकोभन्दै अग्रवालले अर्को मुद्दा पनि हालेका छन् ।

    सिद्धार्थ ग्यास उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको न भएको अनुसन्धानका क्रममा खुलेको पनि स्रोतको भनाइ छ।

    यो हिसाबले  हालसम्म ८ बर्षमा करिव १५ करोड भन्दा बढि राजश्व छली र अपचलन भएको स्रोत वताउँछ । यस बारेमा संघाई समुहका सदस्यहरुसँग पटक पटक प्रतिक्रिया लिने प्रयास गर्दा उनीहरु सम्पर्कमै आउन चाहेनन्। त्रिवेणी ग्रुपका पुरुषोत्तमलाल संघाई, सुवासचन्द संघाई, विरेन्द्रलाल संघाई र रामचन्द्र संघाईको लगानी सिद्धार्थ ग्यास उद्योग प्रालिमा रहेको छ ।

    सिद्धार्थ ग्यास उद्योग प्रालिका अध्यक्ष हुन, रामचन्द्र  संघाई। संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी नदिएको र ठूलो मात्रामा राजश्व छली गर्दै आएको भन्दै अग्रवालले उजुरी दिएका थिए ।

    एनआईसी एशिया बैंकका संचालक समेत रहेका रामचन्द्र संघाई केही समय अघि जुवा केसमा पक्राउ परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार