Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अकस्मात काठमाडौं ओर्लिएका भारतीय गुप्तचर प्रमुखले क-कसलाई भेट्दैछन् ? भोली बिहान फर्कदै

    अकस्मात काठमाडौं ओर्लिएका भारतीय गुप्तचर प्रमुखले क-कसलाई भेट्दैछन् ? भोली बिहान फर्कदै

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.4K
    SHARES

    काठमाडौं।  बुधबार दिउसो चार्टर्ड विमानमार्फत काठमाडौं आएका भारतीय गुप्तचर संस्था  ‘रअ’का प्रमुख सामन्तकुमार गोयल राजनीतिक भेटघाटमा व्यस्त रहेको उच्च स्रोतले वताएको छ।

    दिउँसो एक बजे भारतीय वायुसेनाको विमानमार्फत आएको नौ सदस्यीय गोयलको टोलीले प्रधानमन्त्री केपी ओली शर्मा लगायत उच्चपदस्थ ब्यक्तिहरुसँग भेट्ने तालिका रहेको थियो। उनले कुन -कुन नेताहरुसँग भेट गरे त्यो भने खुल्न सकेको छैन।



    स्रोतका अनुसार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीका अलवा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपालजनता समाजबादीका नेता बाबुराम भट्टराई, कांग्रेस सभापति शेरवहादुर देउवा, बिमलेन्द्र निधीलगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ।



    भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउनु अघि ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका हुन  ।

    नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध बिग्रिएको छ । भारतसँग नेपालको राजनीतिक सम्बन्ध सुधार्ने क्रममा गोयलको आकस्मिक भ्रमण भएको स्रोतको भनाइ छ ।

    गोयल भोलि बिहान साढे ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार