Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जना पक्राउ

    आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.7K
    SHARES

    कलैया । जिल्ला प्रहरी कार्यालय बाराले आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-१ राजदेवी टोल बस्ने २५ वर्षाका राजुकुमार यादव, २७ वर्षका दिपक कुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ वर्षका रबि दास रहेका प्रहरीले जनाएकाे छ ।



    कलैया उपमहानगरपालिका-१ राजदेवी टोल स्थित राजुकुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिमबिचको खेलमा सट्टाबाजी खेलाइरहेकाे बिषेश सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।



    उनीहरूकाे साथबाट सट्टेबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, एक लाख सतहत्तर हजार पचास रूपैया नगद, २ थान मोबाइलसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

    पक्राउ परेका तीनै जनाबिरूद्ध सट्टेबाजी मुद्दा अन्तर्गत जिल्ला अदालत बाराबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार