काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु, मृतककाे संख्या ७९१ पुग्याे::Best Online News Portal of Nepal

काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु, मृतककाे संख्या ७९१ पुग्याे

काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु, मृतककाे संख्या ७९१ पुग्याे

अनलाइन नेपाल
  • बुधबार, कार्तिक ५ २०७७

  • 2K
    SHARES

  • काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु, मृतककाे संख्या ७९१ पुग्याे

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन २६ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै नेपालमा आज थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार