५ हजार ७४३ जनामा काेराेना संक्रमण, २९ सय ९६ जना डिस्चार्ज::Best Online News Portal of Nepal

५ हजार ७४३ जनामा काेराेना संक्रमण, २९ सय ९६ जना डिस्चार्ज

५ हजार ७४३ जनामा काेराेना संक्रमण, २९ सय ९६ जना डिस्चार्ज

अनलाइन नेपाल
  • बुधबार, कार्तिक ५ २०७७

  • 3.7K
    SHARES

  • ५ हजार ७४३ जनामा काेराेना संक्रमण, २९ सय ९६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा आज थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको छ।

    हिजाे मंगलबार ३ हजार ९३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार