Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अकस्मात किन काठमाडौंमा ओर्लिए भारतीय गुप्तचर संस्थाका प्रमुख ?

    अकस्मात किन काठमाडौंमा ओर्लिए भारतीय गुप्तचर संस्थाका प्रमुख ?

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.6K
    SHARES

    काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउनु अघि भारतले सक्रियता वढाएको छ।

    भारतीय गुप्तचर संस्था  ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार दिउसो चार्टर्ड विमानमार्फत काठमाडौं आएका छन् । उनी बेलुकी फर्कने स्रोतले बताएको छ ।



    सेनाध्यक्ष नरावणे नेपाल भ्रमणमा आउनुअघि गुप्तचर प्रमुख गोयल नेपाल आउनुलाई रहस्यमय मानिएको छ ।



    उनको भ्रमणको मुख्य एजेन्डा स्पस्ट नभएपनि नरावणे नेपाल आउंदाको सुरक्षा व्यबस्था तथा नेपाल- भारतबीचको पछिल्लो सम्बन्धको सुक्ष्म अनुसन्धानका लागि उनी आएको आशंका गरिएको छ।

    गोयलको भ्रमण सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल वताउंछन् ।

    गोयलको भ्रमणबारे नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान बिभागले समेत कुनै जानकारी पाउन सकेको छैन।

    गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार