Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • समायोजन प्रक्रिया टुंग्याउन जसपाद्वारा समायोजन कार्यदल गठन

    समायोजन प्रक्रिया टुंग्याउन जसपाद्वारा समायोजन कार्यदल गठन

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । समायाेजन प्रक्रिया टुंग्याउन जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकिकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो ।

    समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमन तथा प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् । यस्तै, बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् ।



    गण्डकीमा हेमराज राई र रमेश यादव, लुम्विनीमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् । कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदुरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई कार्यदलमा राखिएको छ ।



    यसैगरी, भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोब छन् ।

    गैर-भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव, प्रवेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अरवल अहमद शाह, केशव झा र सुनील रोहित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार