Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ।



    यसैबीच नेपालमा आज थप ३ हजार ९३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार १०८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९६ हजार ६०९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार