Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सभापति देउवालाई संसद बैठक बोलाउन माग गर्न नेता गुरुङको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सभापति शेरबहादुर देउवालाई संसद बैठक बोलाउन माग गर्न आग्रह गरेका छन्।

जनताप्रति जवाफहीन र कर्तव्य विरुख तथा भ्रष्ट सरकारलाई जनताप्रति जवाफदेही बनाउन संसद बैठक आव्हानको उनले माग गरेका हुन् ।

सामाजिक संजाल ट्वीटरमा कांग्रेस सभापति देउवालाई संवोधन गर्दैै लाचार सरकारलाई जवाफदेही बनाउनका लागि संविधानको धारा ९३ (३) बमोजिम संसद बैठकको लागि माग गर्न आग्रह समेत गरेका छन् ।

यस्तो छ कांग्रेस सभापति देउवालाई संवोधन गरेर नेता गुरुङले ट्वीटरमा लेखेको आव्हान पत्र
‘आदरणीय सभापति २म्भगदबक्जभचदमच ज्यु १ जनता प्रति जवाफदेहिताहीन, कर्तव्य विमुख, लाचार, भ्रष्ट सरकारलाई जनता प्रति जवाफदेही बनाउन र कर्तव्यबोध गराउन संसदको बैठक आबश्यक छ। संबिधानको धारा ९३ (३) बमोजिम संसदको बैठकको लागि माग गरौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077