Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रिचार्ज कार्डबाट खुल्यो चोरी गिरोहको धन्दा, ४ वटा बाइकसहित ३ जना पक्राउ

    रिचार्ज कार्डबाट खुल्यो चोरी गिरोहको धन्दा, ४ वटा बाइकसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 4.5K
    SHARES

    भक्तपुर । महाननगरीय अपराध महाशाखा र  प्रहरी बृत ठिमीको संयुक्त टोलीले मोटरसाईकल चोरी गर्ने गिरोहका ३ जनालाई  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला ठोसे-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखा जिल्ला भिमेश्वर नगरपालिका-४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक जिल्ला पाचँपोखरी थाङपाल गाउँपालिका-७ घर भई हाल काठमाण्डौको कागेश्वरी नगरपालिका-९ मुलपानी बस्ने १९ वर्षीय मनोज लामा रहेका छन् ।



    प्रहरीका अनुसार गत ३ गते अन्दाजी बिहान ९ बजेको समयमा भक्तपुरको कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडी पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको एनएस २०० सिसि बजाज कम्पनिको कालो रंङ्गको पल्सर मोटरसाईकल हराएको भन्ने सुचना महानगरीय प्रहरी बृत ठिमी प्राप्त हुनासाथ महाननगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    महाननगरीय प्रहरी बृत ठिमी र अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दा चोरी भएको ठाउमा नजिकै शंकास्पद ब्यक्ति आई फोनको रिचार्ज गरेको र सोहि समयमा नै मोटरसाईकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानि (आपरेसन रिचार्ज कार्ड) नामबाट अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दियो ।

    प्रहरीका अनुसार रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गरिएको थियो। सोही क्रममा सोमबार  मध्यपुर ठिमी नगरपालिकास्थित मगरगाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको एनएस २०० सिसि बजाज कम्पनीको सेतो रंङ्गको पल्सर मोटरसाईकल समेत चोरी भएको घटनालाई पनि अनुसन्धान गरियो ।

    त्यस क्रममा मध्यपुर ठिमी नगरपालिका बोडेमा रहेको बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको एनएस पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेको हो ।

    चोरी गर्ने ब्यक्तिको निगरानी गरिरहेको अबस्थामा करिव १६ः३० बजे प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल सहित १८ वर्षीय अरुण तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत ठिमीका प्रमुख डिएसपी ऋषिराम कडेलले जानकारी दिए ।

    पक्राउ परेका अरुण तामाको प्रारम्भिक अनुसन्धान पछि २२ वर्षीय महेश तामाङलाई र महेस तामाङको प्ररम्भिक अनुसन्धान पछि २९वर्षीय मनोज लामालाई मुलपानीबाट पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट लु ६३ प ७०७४ नम्बरको २२० सिसिको एनएस पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७, प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर, प्रदेश ३-०२-०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर र प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको २२० सिसिको सेतो रंङ्गको पल्सर एनएस गरी जम्मा ४ वटा मोटरसाईकल बरामद गरेको महानगरीय प्रहरी बृत ठिमीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार