चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।
चितवनमा बन्दै गरेको रंगशाला निर्माणका लागि महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरेकी हुन् ।
‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।
Leave a Reply