Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देशभर २ हजार ९४२ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १ लाख ३२ हजार २४६ पुग्याे

    देशभर २ हजार ९४२ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १ लाख ३२ हजार २४६ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा आज २ हजार ९४२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा २ हजार ३२६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९२ हजार १६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ।

    यस्तै हिजाे शनिबार ३ अजार १६७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार