Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १ लाख २९ हजार संक्रमित हुँदा ८९ हजारले जिते कोरोनालाई

    १ लाख २९ हजार संक्रमित हुँदा ८९ हजारले जिते कोरोनालाई

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुँदा निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।



    नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा समस्या पनि थपिदै गएको छ । अहिलेको अवस्थालाई मूल्यांकन गर्ने हो भने उपत्यकामा सबैभन्दा बढि जोखिम बढेको छ ।



    प्रत्येक दिन थपिएका नयाँ संक्रमितमध्ये ५० प्रतिशत संक्रमित उपत्यकाकै हुँदै आएका छन् । जसले गर्दा उपत्यकामा सबैभन्दा जोखिम बढेको छ ।

    नजिकिदै गरेको नेपालीहरुको महान पर्व विजया दशमीले पनि कोरोना बढ्नसक्ने संकेत देखाएको छ । दशैंका बेला आउजाउ र भेटघाट बढि हुने भएकाले संक्रमण फैलन सक्ने खतरा पैदा भएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् ।

    हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार