Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको संभावना

    फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको संभावना

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो ।

    फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।



    भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए ।



    भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै पराकम्पनको संभावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार