Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कास्कीमा कोरोनाबाट थप एक जनाको मृत्यु

    कास्कीमा कोरोनाबाट थप एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 1.7K
    SHARES

    पोखरा । कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



    उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार