Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चिठ्ठाकाे नाममा ‘फेक कल’ गरेर ठगी गर्ने गिरोह पक्राउ

    चिठ्ठाकाे नाममा ‘फेक कल’ गरेर ठगी गर्ने गिरोह पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 3.1K
    SHARES

    दाङ । दाङमा प्रहरीले चिठ्ठाकाे नाममा ‘फेक कल’ गरेर ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

    जिल्लाको लमही नगरपालिकाका दुई जना महिलाको ६३ हजार रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहट सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् ।



    दुई जना महिलालाई लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आईएमईमा पैसा राख्न लगाएको उजुरी परेपछि रौतहट र पर्सा जिल्लाका ३ जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।



    उनका अनुसार दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर पक्राउ गरी दाङ ल्याएको हाे । प्रहरीले लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न अपिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार