Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने समूह प्रचण्ड निवासमा

    मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने समूह प्रचण्ड निवासमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको छ ।

    प्रचण्डलाई भेट्न कँडेल समूह आज बिहान नौ बजे नै खुमलटार पुगेको थियो । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।



    मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्रीसहित नेताहरुलाई काठमाडौं बोलाएका थिए ।



    मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने कँडेल पक्षका नेताहरु बिहीबार आएका हुन् ।

    यसरी जोगियो शाहीको मुख्यमन्त्री पद
    शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि नेता नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्री पद जोगिएको हो ।

    नेता नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले सहमति गरेका छन् भने सचेतक नियुक्त गरिसकेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार