Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीको पूर्ण शान्ति पुरस्कार सई चन्दलाई प्रदान

काठमाडौं। नेपाल प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार बिशेष ब्यूरोमा कार्यरत सई कृष्णबहादुर चन्दलाई प्रदान गरिएको छ ।

प्रहरी दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले चन्दलाई उक्त पुरस्कार प्रदान गरेका छन् ।

त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व एसपी तुलाबहादुर केसीलाई प्रदान गरिएको छ ।

त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार सई सुवास कटवालले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077