एजेन्सी । आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा रहेका आदित्य नारायण झाले आफु आर्थिक संकटमा परेका बताएका छन् । केहिदिन अघिकाे एक अन्तर्वार्तामा उनले आफ्नो खातामा १८ हजार रुपैयाँ मात्र रहेका बताएका छन् ।
तत्काल काम शुरू नगरे घर खर्च चलाउनका लागिसमेत आफूसँग भएको सामग्रीहरू बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
उनले भने, ‘यदि सरकारले लकडाउन अन्त्य नगरे धेरै मानिसहरू भोकै मर्छन् । मेरो पनि बचत भएको पैसा सकियो । जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए । त्यो मैले गुजारा चलाउनको लागि निकालिसके ।
कसैले सोचेको थिएन् म एक वर्षसम्म काम नगरी बस्छु । जबसम्म तपाई अरबपति हुनुहुन्न भने कोही पनि यस्तो योजना बनाउदैनन् । मेरो खातामा १८ हजार मात्र छ । यदि अक्टोबरसम्म मैले काम सुरु गरिन् भने मसँग पैसा हुँदैन ।
Leave a Reply