Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपत्यकामा चाडपर्व लक्षित सरप्राईज चेकिङ, बढी भाडा लिनेलाई कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडाैं उपत्यकामा चाडपर्व लक्षित सरप्राईज चेकिङ र एम्बुसिङलाई तिब्र बनाएको छ ।

सरप्राईज चेकिङले तोकिएको भन्दा धेरै भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने बस र मिटरमा हिँड्न नमान्ने ट्याक्सिलाई कारवाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।

अनुगमन गर्दा नियमविपरित काम गरेको फेला पारेपछि केही दिनयता ४४ वटा बस र ६६ वटा ट्याक्सिलाई कारवाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

छोटो दुरीमा यात्रु लिन इन्कार गर्ने ट्याक्सिलाई ग्राहकको हुलियामा हिँड्ने ट्राफिकले कारवाहीको दायरामा ल्याउने महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले बताए ।

उपत्यकाका बसपार्क र मुख्य भिडभाड हुने चोकमा सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गरे नगरेको पनि ट्राफिक प्रहरीले अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077