Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हुम्लामा चीनले सिमा मिचेको कांग्रेसको ठहर, कम्युनिस्ट सरकारमाथि राष्ट्रघातको आरोप

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा चीनले सिमा मिचेको ठहर गरेकाे छ । साथै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे कम्युनिस्ट सरकारले राष्ट्रघात गरेकाे गम्भिर आरोप लगाएकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ' हुम्लामा ‘चीनले सिमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सिमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।'

यस्तै कांग्रेसले दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु लज्जास्पद रहेकाे जनाएकाे छ ।

यस्तै विभिन्न अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक रहेकाे कांग्रेसकाे ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077