Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन दशकपछि हत्यामा संलग्न प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले ३० वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढले श्यामकिशोर प्रसाद कुशवाहालाई पक्रेको हो ।

श्यामकिशोर समेतले मिलेर ०४४ भदौ १२ मा सिम्रौनगढ–६ कोहपुर बस्ने जयमंगल प्रसादको हत्या गरेका थिए । सो मुद्दामा सिम्रौनगढ–७ बस्ने श्यामकिशोरलाई बारा जिल्ला अदालतले ०४७ असोजमा १० बर्ष कैद साजय हुने फैसला गरेको थियो । 

३० वर्षदेखी फरार उनी भारतमा लुकेर बसेको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ । बुधवार प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेको हो । हत्यामा संलग्न आरोपीविरुद्ध बज्रकिशोर प्रसाद कोईरीको जाहेरी र प्रहरी अनुसन्धानपछि अदालतले फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077