Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दशैको मुखमा विगमार्टको ग्राहक झुक्याउने अफर, २५ प्रतिशत छुटको झुटो प्रचार

    दशैको मुखमा विगमार्टको ग्राहक झुक्याउने अफर, २५ प्रतिशत छुटको झुटो प्रचार

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित विगमार्टले ग्राहकहरुलाई झुक्याउने काम गरेको पाइएको छ । बढ्दो कोरोना जोखिमसँगै उपभोक्ताहरुलाई एकै ठाउँमा सबै सामान पाइने ठाउँमा जानु उपयुक्त एवं बाध्यता छ । उपभोक्ताको बाध्यताको फाइदा विगमार्टले उठाउन थालेको देखिएको छ ।

    विगमार्टलेले देशभरका ५० भन्दा आउटलेटबाट व्यापार गर्दै आइरहेको छ । यसै क्रममा बिगमार्टले ग्राहक झुक्याउने गरि विज्ञापन गरेको पाइएको छ । बिगमार्टका शाखाहरुमा ठूलो बोर्डमा १५ देखि २५ प्रतिशत छुट भनेर विज्ञापन गरिएको छ ।



    जब ग्राहकले पैसा तिर्न जाँदा मात्र थाहा पाउँछ, त्यो डिस्काउन्ट त ३०० रुपैयाँ सम्ममात्रै हो रहेछ भन्ने कुरा । ग्राहकले बोर्डमा त १५ देखि २५ प्रतिशत छुट नि भनेर प्रश्न गर्दा त्यहाँ जे लेखिए पनि ३०० रुपैया भन्दा घटाउन मिल्दैन भन्दै बिगमार्टका कर्मचारीले उत्तर दिने गरेको एक ग्राहकले गुनेसो गरे।



    मार्टमा राखिएका ठूलो बोर्डमा कतै पनि ३ सयसम्म मात्रै डिस्काउन्टको कुरा नराखि मार्टले ग्राहकलाई झुक्याउने काम गरेको प्रस्टै देखिन्छ । मार्टले डिस्काउन्टको बोर्ड ठूलो राख्ने तर, ३०० रुपैयाँ सम्मको डिस्काउन्टको कुरा सानो अक्षरले काउन्टरमा मात्रै राखेको छ ।

    मार्टका कर्मचारी स्वयंलाई समेत स्पष्ट जानकारी नरहेको बिगमार्टको यस किसिमको अफरले ग्राहकहरु झुक्किने गरेका छन् ।

    यसअघि विशाल ग्रुपद्वारा सञ्चालित विगमार्टका केही शाखाहरुमा डेट एक्पायर खाद्यान्नहरु भेटिएको थियो ।

    विशाल ग्रुपले आयात गर्दै आएको ओरियो बिस्कुट, स्निकर्स चकलेट, बालबालिकाले खाने बर्नभिटा, आलु चिप्स जस्ता म्याद गुज्रिएका खाद्य वस्तुमा अनुगमन टोलीले बरामद गरेको थियो । यी सामानहरु बजारमा पनि विशाल ग्रुपले नै पठाएको छ । र, त्यसमध्ये सबैभन्दा बढी विशाल ग्रुपकै स्वामित्व रहेको बिग मार्टमा यी सामान पाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार