Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेप्से ९ अंकले घट्याे, १ अर्ब ८१ करोडको कारोबार

    नेप्से ९ अंकले घट्याे, १ अर्ब ८१ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । शेयर काराेबार मापक नेप्से परिसूचक मङ्गलबार नाै अङ्कले घटेको छ ।

    साेमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९ दशमलव ४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



    मङ्गलबार व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेकाे छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४८७ दशमलव ४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १० दशमलव ८४ अङ्कले सुधार भएको छ ।



    मङ्गलबार एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार