गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गर्दै आएका नक्कली डाक्टर पक्राउ::Best Online News Portal of Nepal

गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गर्दै आएका नक्कली डाक्टर पक्राउ

गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गर्दै आएका नक्कली डाक्टर पक्राउ

अनलाइन नेपाल
  • सोमबार, असोज २६ २०७७

  • 8.5K
    SHARES

  • गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गर्दै आएका नक्कली डाक्टर पक्राउ

    पर्सा। विरामीहरुको चेकजाँच गरी रकम असुल्दै आएका एक नक्कली डाक्टर प्रहरीको फन्दामा परेका छन्।

    गत असोज २३ गते दिउसो  बीरगंज छप्कैयास्थित  यादव अल्ट्रा साउण्ड सेन्टरमा विरामीहरुको चेकजाँच गरिरहेका ४० वर्षीया नक्कली डाक्टर नारद साह तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।

    उनले डाक्टर( S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गर्दै आएको खुलेको छ ।

    पक्राउ परेका यादवलाई असोज २५ गते पर्सा जिल्ला अदालतबाट मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन  म्याद थप गरि अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ  ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार