Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य

काठमाडौं। दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा  आज भएको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको हो।

हैदराबादका  मनिष पाण्डेले  ५४ रन बनाएका छन् ।  त्यस्तै,कप्तान डेभिड वार्नरले ४८ रन , केन विलियमसनले अभिजित २२ रन र जोन्नी बेयरस्टोले १६ रन बनाए।

राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनदकटले १ र १ विकेट लिए। राजस्थान ब्याटीङको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077