Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गेष्ट हाउसमा प्रहरीकाे छापा, सञ्चालकसहित १४ जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।

यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए ।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077