Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा प्रहरीद्वारा विशेष सुरक्षा योजना

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा रणनीति तयार पारेको जानकारी दिएको हो ।

चार्ड पर्वमा हुन सक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्ने गर्ने गरी सुरक्षा रणनीति तयार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको उनले बताए । 

आइतबारबाट नयाँ सुरक्षा रणनीति अनुसार प्रहरी अघि बढ्ने उनले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ हजार ५० प्रहरीले नयाँ सुरक्षा बनाएर नागरिकलाई सेवा दिने छन्। प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरी अपराध हुन सक्ने स्थानमा प्रहरीलाई चनाखो रहन निर्देशन दिइएको सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077