Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कामदारलाई कोरोना संक्रमण भएपछि  काँग्रेस नेता पौडेल आइसोलेसनमा

काठमाडौं । घरमा काम गर्ने कामदारलाई कोरोना संक्रमण भएपछि  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।

पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको भएपनि  केही दिनका लागि आइसोसेलनमा बसेको जनाएका छन्।

पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077