Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएल क्रिकेट : राजस्थानविरुद्ध ब्याटिङ गर्दै दिल्ली

    आईपीएल क्रिकेट : राजस्थानविरुद्ध ब्याटिङ गर्दै दिल्ली

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले राजस्थान रोयलस्सँग प्रतिस्पर्धा गर्दैछ ।

    सारजाहाँ क्रिकेट स्टेडियममा टस जितेर राजस्थानले पहिले ब्याटिङ गर्ने भएको छ । दिललीले केही बेरमा राजस्थानविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राखेको छ ।



    दिल्लीले छैटौं खेल खेल्न लाग्दा सन्दीप आजको खेलमा पनि बेन्चमा बस्न बाध्य भएका छन् । उनी पछिल्लो पाँच खेलमा पनि दिल्लीका लागि खेल्न सकेनन् ।



    आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछ । जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा टैटौं खेल खेल्न लागेको दिल्ली आजको खेलमा पनि जित निकाल्दै आफूलाई लिगमा बलियो बनाउने योजनामा छ ।

    लिगमा पाँच खेल खेलेको दिल्लीले पाँच खेल खेल्दै ८ अंक जोडेको छ । दिल्ली तालिकाको दोस्रो स्थानमा छ । यता राजस्थान पनि आजको खेलमा जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

    राजस्थानले आजको खेलमा फराकिलो जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थान जोगाई राख्ने बलियो योजना बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार