Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चलचित्र र टिकटकमा प्रहरीको पोसाक दुरुपयोग भएपछि हेडक्वाटरद्वारा कारवाहीको चेतावनी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै कडाई गर्ने निर्णय गरेको छ  ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्सालको जनसम्पर्क तथा प्रचार-प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ ।

प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार-प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन प्रहरीले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालले स्वीकृति नलिकन यस किसिमका कुनै पनि कार्य गरेको पाइएमा कडा कारवाही गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077