एजेन्सी। लद्दाखमा तनाव उत्पन्न भएदेखि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच नोभेम्बरमा मिटिङ हुने भएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार दुबै नेता नोभेम्बर १९ को ब्रिक्स सम्मेलनमा भिडियो कन्फरेन्समार्फत भाग लिने छन्।
रसियाले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको १२ औं ब्रिक्स सम्मेलन भर्चुअल मिडियामार्फत यस पटक हुनेछ।
गत छ वर्षमा कम्तिमा१८ पटक भेट भइसकेका मोदी र सीले सीमा विवाददेखि एक अर्कासँग कुरा गरेका छैनन्।
नोभेम्बर १९ भन्दा पहिले कुनै पनि बैठक वा फोन कल निर्धारित गरिएको छैन, तथापि, समाचार पत्रले स्रोतको उद्धृत गरेको छ कि वार्ताको सम्भावनालाई अस्वीकार गर्न सकिदैन।
Leave a Reply