Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा सट्टाबाजी गरेको आरोपमा पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा सञ्जिव गुप्तालाई धनगढीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चटकपुरस्थित प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्सका संचालक ३७ वर्षका संजिव गुप्ता रहेका छन्।

आईपीएल खेलमा खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका, छक्का हानेमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा अनलाईन मार्फत रकम दाउनमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरूलाई सट्टाबाजी खेलाउने भन्ने सुचनाका आधारमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले सट्टाबाजी खेलाउनका लागि प्रयोग गरिएको २ थान मोवाईल समेत गुप्ताबाट बरामद गरिएको जानकारी दिए। गुप्तामाथि कैलाली जिल्ला अदालतबाट जुवा  मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077